प्रश्न : सस्पेन्सन बृज डिभिजन अन्तर्गत झोलुङ्गे पुल मागको प्रक्रिया के हो ?

उत्तर : सस्पेन्सन बृज डिभिजनबाट १२० मिटरभन्दा लामा र तीन करोड रुपैयाँभन्दा बढी लागतका झोलुङ्गे पुलको मात्र (आयोजना बर्गीकरणको आधार तथा मापदण्ड, 2080 बमोजिम) निर्माण प्रक्रिया अगाडी बढाइन्छ । झो पु योजनाको लागि तपसिलको कागजात संलग्न राखी यस डिभिजनमा लिखित माग गर्न सकिनेछ :

  • नगरपालिका/गाउँपालिकाको सिफारिस पत्र
  • नगर/गाउँ कार्यपालिका बैठकबाट झो पु निर्माणको माग सम्बन्धमा गरिएको निर्णयको पत्र
  • स्थानीय लाभग्राही उपभोक्ताहरुको माइन्युट (नाम, ठेगाना, दस्तखत, सम्पर्क नं सहित)
  • प्राबिधिक फाराम ( २ पृष्ठको प्राबिधिक फाराम कार्यपालिकाको कार्यालयको इन्जिनियरबाट स्थलगत रुजु गरी भर्न लगाई सहि/छाप गरी पठाउनुपर्ने), उक्त फाराम वेबसाइट sbd.gov.np को डाउनलोडहरु मेनु अन्तर्गत फारामहरुमा गइ प्राप्त गर्न सकिनेछ ।

कार्यालयको नाम : सस्पेन्सन बृज डिभिजन

ठेगाना : श्रीमहल, पूल्चोक, ललितपूर

इमेल : suspensionbridgedivision@gmail.com, info@sbd.gov.np

फोन नं : ०१-५४२४६८१/०१-५४२४६८२

प्रश्न : १२० मिटर वा सो भन्दा छोटा झो पु निर्माणको लागि कहाँ माग गर्न सकिन्छ ?

उत्तर : १२० मिटर वा सो भन्दा छोटा झो पु निर्माणको लागि स्थानीय तहको कार्यालयमा सम्पर्क गरी निर्धारित विधिअनुसार माग प्रक्रिया अगाडी बढाउनुपर्दछ ।